• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

About us

१) प्रस्तावना ः
मानिसलाई मर्यादित रुपमा बाँच्नको लागि आवश्यक पर्ने सूचनाको मूल श्रोत रेडियो हो । सिरहा जिल्ला र आसपासका जिल्लाहरुको सामुदाय माझँ भएको सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक तथा आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माणका निम्ति यस भेगका समाजको विविधता र बहुलवादलाई प्रतिनिधित्व गर्ने स्वतन्त्र, स्वच्छ समाजप्रति उत्तरदायी र जिम्मेवारभई शान्ति, सुशासन र परिवर्तनका लागि सशक्त सूचनाको माध्यमको रुपमा विकास विस्तार गर्ने लक्ष्य अनुरुप युवा अवाजका साथीहरु (फोयुभ) नामक संस्थाले वि.स.२०७३ सालमा राष्ट्रिय प्रसारण ऐन २०४९ बमोजिम समाजका विविध क्षेत्रका समाजसेवी बुद्धिजीविहरुको संलग्नतामा सिराहा जिल्लाको लहानमा सामुदायिक रेडियो मीता (१०६.० मेगाहर्ज) स्थापना गरिएको हो । सामुदायिक रेडियो मीतालाई व्यवस्थित तथा प्रभावकारी ढङ्गले सञ्चालन गर्न “युवा अवाजका साथीहरुको” विधान २०७३ को परिच्छेद ७ को दफा २७ अनुसार संस्थाका कार्य समितिले देहायका विनियम बनाई लागु गरेको छ । 
२)  दूरदृष्टि ः 
     सम्मुनत तथा समतामूलक समाजको स्थापना ।
३)  ध्येय  ः
    रेडियो मीताले आफनो प्रसारण क्षेत्र भित्रका स्थानीयवासीहरुको आर्थिक, राजनैतिनिक, सांस्कृतिक, धार्मिक, भाषिक,     शैक्षिक, स्वास्थ्य र समाजिक विकासका लागि जनचेतना अभिवृद्धि तथा सु—सुचित गर्ने सशक्त सूचना माध्यमको        रुपमा स्थापित भई क्रियाशिल रहनेछ ।
४)  लक्ष्य  ः
    रेडियो मीताले आफ्नो प्रसारण क्षेत्र भित्रका सर्वसाधारणहरु र साझेदारहरुसंग सहकार्य गरी सृजनशील समाजको            स्थापनामा क्रियाशील संचार माध्यमको रुपमा स्थापित हुनेछ ।
५) उद्देश्य  ः
    १)   जाति समुदायमा रहेको विपन्न व्यक्ती, आदीवासी जनजाती, दलित तथा महिला समुदायहरुको वृहत विकासका            निम्ती संचारको माध्यमले अग्रणी भूमिका खेल्नेछ । 
    २)    स्थानीय भाषा, राष्ट्रभाषा, साहित्य कला संस्कृति एवं लोक परम्परागत पहिचानको प्रवद्र्धन गर्ने ।
    ३)    शिक्षा, स्वास्थ्य, वृmषि, बतावरण र सुशासन आदि क्षेत्रमा जागरुकहुन चेतना मूलक कार्यक्रम प्रसारण गर्ने । 
    ४)    रेडियो सवल, सक्षम र दिगोपनाको लागि सामुदायिक सहभातिामा निर्भरभई संचालन हुनेछ ।
    ५)    रेडियो पत्रकारीता सिकन र सिकाउने संस्थाको रुपमा विकास गर्ने छ ।

६) निर्देशक सिद्धान्त  ः 
    १) वातावरण ः 
       वतावरणीय क्षेत्रलाई जोगाउन, स्वच्छ वातावरण कायम राख्न रेडियो मीताले जनचेतना अभिवृद्धिमा जोड दिने छ ।      २) समाजिक विभेदीकरणको अन्त र अधिकारको स्थापना ः
        समाजमा व्याप्त छुवा छुत, महिला हिंसा, बालविवाह, रुढीबादी परमपराको अन्त्य, जातिय विभेद जस्ता                        विभेदीकरणको अन्त्य गर्न जनचेतना अभिवृद्धि गर्नेछ ।
    ३) सास्कृतिक जर्गेना ः 
        विभिन्न जातजातिका कला सास्कृति र भाषालाई संरक्षण र सम्बद्र्धन गर्न जोडदिनेछ । 
    ४) लोकतान्त्रिक मुल्य र मान्यता ः 
        रेडियो मीताले लोकतान्त्रीक मूल्य र मान्यताको सिद्धान्तलाई अंगाल्नेछ । 
    ५) शान्ति र विकासको साझेदार ः 
        समुदायमा देखिएका हरेक किसिमका द्वन्द्वलाई न्यूनिकरण गर्दै शान्ति र विकासका साझेदारको रुपमा स्थापित            हुनेछ ।  

    ६) साझेदारी÷सहकार्य ः 
        रेडियो मीताले सवै तह तपकासंग हातेमालो गर्दै साझेदारी÷सहकार्य गर्दै जानेछ ।

      ७) गतिविधिहरु ः 
          सामुदायिक रेडियो मीता एफ.एम. प्रशारण क्षेत्र भित्र विभिन्न वर्ग समुदायहरुलाई सुन्दर शान्त, सम्मुनत, विभेद रहित            र भयरहित वातावरणमा वाँच्न पाउने अधिकार, द्वन्द्वलाई न्यूनिकरण गर्दै समतामुलक समाज र्निमाण गर्नुका साथै               स्वास्थ्य, कृषि, शिक्षा र खानेपानी सरसफाईलाई उच्चस्तरीय स्थानमा राखी परिवर्तन वाहकको रुपमा  निम्नलिखित                कार्यहरु गर्नेछन् ।
       १) रेडियो मीता सुनिने क्षेत्रलाई आफनो छुट्टै प्रसारण क्षेत्र र्निधारण गर्नेछ । 
           रेडियो मीता प्रसारण क्षेत्र भित्र मीता रेडियो सहयोगी समुहरु र्निधारण गरी प्रत्येक नगरपालीका, गाउँ पालिका र                        वाडामा मीता सदस्यता विस्तार गरिनेछ ।
       २)  रेडियो सञ्चालन, व्यवस्थापन र रेडियोको नीति र्निमाण तहमा अपनत्वको भावनाले लोकतान्त्रिक प्रणाली अनुरुप                    परिषद हुदै संचालक समिति गठन गरिनेछ ।
       ३)  सामुदायलाई सचेत र जागरुक हुन मीता समूह निर्माण गरिनेछ ।
       ४)  समुदायका किसानहरुको कृषी उपभोग्य वस्तुहरुको वजार प्रवद्र्धन गर्न र आधुनिक कृषि प्रणाली अपनाउन मीता                     कृषक समुह गठन गरिनेछ । 
       ५)  सामुदायमा भएका जातिय विभेदको न्यूनिकरण, वाल विवाह, छुवाछुत, अन्धविश्वास, हिंसा जस्ता कुरितीलाई                        न्यूनिकरण गर्न जनचेतना अभिवृद्धि गरिनेछ ।
       ६)  सामुदायिक युवाहरुलाई संचार क्षेत्रमा अग्रसर हुन वर्षमा दुई पल्ट रेडियो तालिम संचालन गरी रेडियो कर्मी उत्पादन                  गरिनेछन् ।
        ७)  रेडियोका हरेक क्षेत्रमा पारदर्शिता र सहभागिताको सिद्धान्तलाई अंगाली कार्य गरीनेछ ।