• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते सिरहाको लहान नगरपालिका ११ की महिलाको उपचारको क्रममा निधन ।

मीता एफ.एम. (१०६.० मेगाहर्ज) ।
आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते सिरहाको लहान नगरपालिका ११ की महिलाको उपचारको क्रममा निधन ।
आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते हुनु भएकी सिरहाको लहान नगरपालिकाकी महिलाको उपचारको क्रममा निधन भएको छ । आगो ताप्ने क्रममा बेहोस भएर ढलेकी नगरपालिका ११ पडरिया थारुटोलकी ५५ बर्षिया लालोवती चौधरी आज विहान ७ः५५ बजेको समयमा उपचारको क्रममा सुष्मा मेमोरियल अस्पतालमा भत्तपुर साँखुमा ज्यान गएको परिवारले बताएका छन् । उहाँको सात दिन देखि आईसीयुमा उपचार भईरहेको थियो । 
राजबिाजस्थित ठूली छोरीको घरमा गएको बेला आगो लागेर गम्भीर घाईते भएकी चौधरीको उपचारका लागी बिपी केईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान उपचारका लागि लगिएको थियो । धरानमा उपचार हुन नसकेपछि उहाँलाई काठमान्डौ र्कितिपुर अस्पतालमा लगिए पनि त्यहाँ बेड अभाब भएपछि उहाँलाई सुष्मा मेमोरियल अस्पताल  लगिएको थियो । 
आगोले जलेर गम्भीर अबस्थामा रहेकी चौधरी गत माघ २३ गते सोमबार राजबिराज स्थित छोरीको घरमा गएको बेला आगो ताप्ने क्रममा एक्सासी  बहोस भएर आगोमा ढले पछि जलेर गम्भीर घाई हुनु भएको थियो । 
बिहान साढे तीन बजे परिवारका सदस्य सुतिरहेको समयमा निन्द्रा नलागेपछि  उठेर आगो तापीरहेको चौधरी आगोमा एक्कासी खस्नु भएको थियो । एक तलामाथि मस्त निन्द्रामा रहेका परिवारका सदस्यले बेहोस पछि होसमा आएर (मैर गेलयौ गौ मैया आईग लाईग गेलौ) भन्दै कराउन थाले पछि बल्ल थाहा पाएका थिए । 
बुहारी कबिता चौधरीका अनुसार आमा होस खुलेर चिच्याएपछि मात्रै हामीले थाहा पायौं  । उहाँले भन्नु भयो ,  हामी त मस्त निन्द्रामा थियौ । होस खुलेपछि मरे आगोले जल्यो भनेर कराउनु भयो आत्तिएर हेर्न जाँदा उहाँको शरीरको लुगा सबै जलेको थियो । 
चौधरीको घुडा देखि माथि तिघ्रा, पेट ,ढाड, कम्मर, घाँटी र अनुहारमा, गम्भीर जलन रहेको  बुहारी कबिता चौधरीले जानकारी दिनु भएको छ । आँखा , मुख र शरीरको भित्रि अंगमा भने भने जलन सामान्य रहेको चौधरीले जानकारी दिनु भएको छ । 

 

प्रतिकृया दिनुहोस

पत्रकार विजय साहलाई तत्काल रिहाईको माँग गर्दै युवासंघद्धारा लहानमा चक्काजाम

# समाज

मीता एफएम १०६ मेगाहर्ज  पत्रकार विजय महतोलाई तत्काल रिहाईको माँग गर्दै राष्ट्रिय युवा संघ नेपालले लहानमा प्रदर्शन तथा चक्काजाम गरेको छ । युवा संघले

लहान नगरपालिकामा गएराती बम पड्काउदै ५ लाख रुपैया बराबरको डकैती ५ जना स्थानीय घाईते ।

# समाज

मीता एफ.एम. (१०६.० मेगाहर्ज) .। लहान नगरपालिका वडा नंम्बर १७ मा गएराती बम पड्काउदै ५ लाख रुपैया बराबरको डकैती भएको छ । राती ११ बजेड हरिपुर स्थित २० ,२५

निर्माण ब्यबसायी संघको सिरहाको अध्यक्षमा अजय राउत सहित प्यानलै बिजयी ।

# समाज

मीता एफएम १०६ मेगाहर्ज लहान । शनिबार सम्पन्न निर्बाचनबाट निर्माण ब्यबसायी संघको सिरहाको अध्यक्षमा अजय राउत सहित उहाँको प्यालन बिजयी भएको छ । अध्यक्ष