• ९ माघ २०८१ बुधबार/ Wednesday 1-22-2025

प्रहरी प्रशासनको आडमा खुटि खोला सिंचाई नहरलाई ढल बनाउदै लहान नगरपालिका

दुर्गा खनाल 

मीता एफएम लहान  

अदालतको आदेश बिपरित लहान नगरपालिकाले नहर मासेर ड्रेन निर्माण कार्र्य अगाडी बढाएपछि खुटि खोला सिंचाई संघर्ष समितिले तत्काल निर्माण रोक्न माँग गरेको छ । 

अदालतले खुटी नहर नमासिने गरी नहर सौन्दर्यीकरणको कार्य अगाडी बढाउन आदेश दिएपनि नगरपालिकाले नहरलाई ढलमा परिणत गर्न प्रशासनको दुरुपयोग गर्दै प्रहरी परिचालन गरेको  आरोप संघर्ष समितिले लगाएको छ ।  

खुटी नहर निर्माण स्थलमा नेपाल प्रहरी शसस्त्र प्रहरी र नगरप्रहरी ठूलो संख्यामा परिचालन गरीएको छ । 

आयोजना निर्माण चारैतिर प्रहरीले घेराहाली पहरा दिएको अबस्थामा आज दिनभरी जेसीबि सहित मजदुरहरुले काम गरेका थिए । 

जबरजस्ती ड्रेन निर्माण गरेपछि  संघर्ष समितिका सदस्य एबं नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष हेमन्त यादबले तत्काल रोक्न माग गर्नु भयो । उहाले यदि नगर प्रमुख चौधरीले प्रशासनको आडमा जबरजस्ती गरे किसानहरु   चुपनलाग्ने बताउनु भयो । यादबले मेयरको जबरजस्तीका बिरुद्ध  कडा संघर्ष गर्ने चेतावनी दिनु भयो । उहाँले भन्नुभयो, ‘जनताको आवाज थुन्न लहान नगरपालिकाका प्रमुख महेश चौधरीले प्रशासनको दुरुपयोग गर्र्दै  शैनिक ब्यारेक जस्तो बनाएर सुरक्षाकर्मी परिचालन गर्नु आश्चार्य भएको बताउनु भयो ।’

शुक्रबार लहान नगरपालिकामा प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख सहितको छलफलबाट  ड्रेन निर्माण कार्य तत्काल रोक्ने सहमति बिपरित निर्माण कार्य जारी राखेकोमा सिरहा क्षेत्र नंम्बर १ को एकका सांसद राजेन्द्र चौधरीले सिरहा प्रहरी प्रमुखलाई सोध्दा सुरक्षा माँगेपछि आफुले सरक्षा दिएको प्रतिकया दिनु भयो । तत्काल ड्रेन निर्माण कार्य ।ोक्ने सहमति बिपरित  प्रहरीको रोहबर काम किन गरिएको भन्ने सांसद चौधरीको प्रश्नमा प्रहरी प्रमुखले राजनीतिक बिषयलाई राजनीतिक नेतृत्वले मिलाउनु पर्ने आफुले सुरक्षा मागेपछि उपलब्ध गराएको बताएको जानकारी दिनु भयो । 

सांसद चौधरीले पटक पटक प्रदेश सभामा खुटी नहर मासेर जबरजस्ती ड्रेन निर्माण गरीरहेको बिषयलाई उठाउनु भएको छ । उहााले बुधबारको प्रदेश सभा बैठकमा पनि खुटी ड्याम प्रदेश सरारले जिम्मा लिएर तत्काल संन्चालनको माँग गनुृ भएको थियो ।

प्रतिकृया दिनुहोस

लहानका मेयर महेश चौधरीको पुत्ला दहनदेखि चक्काजाम सम्मको कार्यक्रम ख्ुाटी नहर सिंचाई संघर्ष समितिद्धारा घोषणा

# मिता खबर

  मीता एफएम १०६ मेगाहर्ज  लहान नगरपालिकाले किसानको माँग र अदालतको आदेश बिपरित ऐतिहाँसिक खुटी नहरलाई ढलमा परिणत गर्ने कार्य बिरुद्ध चरणबद्ध

लहान खुटी ड्याम अबिलम्ब संन्चालन गर्न सांसद राजेन्द्र चौधरीको माँग

# मिता खबर

  यमुना खनाल  मीता एफएम लहान  सिरहा क्षेत्र नंम्बर एकको एकका प्रेदेश सांसद राजेन्द्र चौधरीले लहान खुटी खोलामा बनेको ड्याम अबिलम्ब संन्चान गर्न

सप्तरीको सुरुङ्गा नगरपालिकामा जनकपुर बोल्ट्सका खेलाडीहरुलाई  भब्य स्वागत, सम्मान 

# मिता खबर

यमुना खनाल  मीता एफएम १०६ में, लहान  नेपाल प्रिमियर लिग (नेपीएल) को उपादी बिजेता जनकपुर बोल्टका खेलाडीहरुको मधेश प्रदेशका आठ जिल्ला पुग्ने क्रममा