• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

मानब स्वास्थ्यमा गम्भीर खेलबाड गर्ने १० पोली क्लिनिक र तीन ल्याब बन्द, एउटाको दर्ता खारेजी , एक जना पक्राउ

अबैध रुपमा संचालन पोलिक्लिनीकहरुमा तालाबन्दी

यमुुना खनाल,

३० साउन लहान -  

मानब स्वास्थयमा खेलबाड गर्ने सिरहाका १० वटा पोली क्लिनिक र तीनवटा ल्याब अनु्गमनका क्रममा  बन्द गरिएको छ । साथै एक जनालाई अनुगमन टोलीले पक्राउ गनर््का साथै एकको दर्ता खारेजी समेत गरेको छ अनुुगमन टोली संयोजक एबं ईलाका प्रशासन कार्यलय लहानका प्रमुुख कमलराज  भन्डारीले जानकारी दिनुभएको छ ।
पक्राउ पर्ने गोलबजार ६मा आनन्द मेडिकोका संचाललक किरण श्रेष्ठ रहेको  प्रमुृख भन्डारीले जानकारी दिनुु भयो । मेडिकल संचालक श्रेष्ठ आफैले बिरामीलाई प्रिस्किप्सन लेखेर औषधी बिक्री बितरण गर्ने जस्ता गम्भीर प्रकृतिका अबैध काम गरिरहेको अबस्थामा पक्राउ गरिएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुुख नागेन्द्र प्रसाद यादबले जानकारी दिनुु भएको छ ।पक्राउ परेका श्रेष्ठलाई भोली सीडीओ कार्यलयमा हाजीर गराउने प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो ।  

सिरहामा पोलि क्लिनिकले लामो समय सम्म बिरामीलाई भर्ना गरेर राखेका सेवाग्राहीहरुलाई ठगी गरेको ,े , अधिकांश पोलीक्लिनिकहरुले मापदन्ड बिपरित सेवा संचालन गरेको , गुनासो बढेपछि  इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको संयोजत्वमा रहेको संयुक्त अन््गमन टोलीले स्वास्थ्य संस्थाको अनुुगमन गरेको सिरहाका प्रमुुख जिल्ला अधिकारी गोपाल कुुमार अधिकारीले जानकारी दिनुभयो । 
जिल्ला स्वास्थ्य  कार्यलय सिरहा , नगरपालिका , नेपाल प्रहरी, शसस्त्र प्रहरी ,संचारकर्मि उपभोक्ता हित संरक्षण मंन्च सहितको संयुक्त अनुगमन टोलीले लहान र गोलबजार,  मिचैया सिरहा सदर मुकाम सिरहामा पोली क्लिनिकहरुको अनुगमन निरन्तर गरीरहेको संयोजक भन्डारीले जानकारी दिनुभयो  । 

बिना अनुमति गर्भपतन सेवा प्रदान गर्ने देखि प्रसुती सेवा  संचालन गरेको  फेला परेको छ । त्यसैगरी अधिकांश ल्याबहरुमा ई ग्रेडको स्वीकृति लिएर ए ग्रेडको सेवा संचालन गरेको, पाएको छ । अनुुगमन टोलीले रेडियोलोजिष्ट बिना भिडियो एक्सरे गर्ने देखि अधिकांश  पोली क्लिनिकले बिरामीलाई लामो समय सम्म भर्ना गरेको  अनुगमनका क्रममा पाइएको अनुगमन टोलीका संयोजक भन्डारीले जानकारी दिनु भयो । 
अनुगमनका क्रममा गोलबजारमा संचालनमा रहेको सगरमाथा डाईग्नोष्टिक सेन्टर , आकाश गंगा पोलीक्लिनिक, गोलबजार हेल्थ केयर एन्ड डाईग्नोष्टिक सेन्टर , नब उदय पोलि क्लिनिक बन्द गरिएको छ । त्यसैगरी  दया शंकर लाल कर्णले सिरहामा संचालन गरेको कर्ण क्लिनिकले बिना स्वीकृति भिडियो एक्सरे , गर्भपतन सेवा संचालन गरेको  बन्द गरेको छ ।  
त्यसैगरी लहानमा रहेको हिमाल डेन्डल क्लिनिक लहान, सेराज पोलिक्लिनिक, त्रिशतिm पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिकमा अनुगमन गर्दा अनुमति लिएकोभन्दा बाहेकको सेवा सञ्चालन गरेको पाइएपछि ती सेवाहरु बन्द गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए । त्यस्तै मिचैयामा संचालित एसकेजे पोलीक्नििक ,शान्ति हेल्थ केयर प्रालि र सिरहाका सदरमुकाम सिरहामा संचालनमा रहेको यादब , पन्डित र जानकी ल्याबमा पनि ताला लगाएको छ ।
बन्द गरिएका पोली क्लिनिकहरुलाई आबश्यक कागजपत्र सहित सात दिन भित्र हाँजिर हुन निर्देशन दिएको छ । 

प्रतिकृया दिनुहोस

नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा संघर्ष समितिद्धारा लहानमा बृहत प्रदर्शन

# मिता खबर

मीता एफएम  १०६ मेगाहर्ज  खुटी खोला सिंचाई नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा खुटी खोला सिंचाई संघर्ष समितिले लहानमा बृहत प्रदर्शन गरेको छ

सिंचाई डिभिजन कार्यलयले रोक्यो  नहरलाई  ढल बनाउने लहान नगरपालिको  योजना 

# मिता खबर

  मीता एफएम १०६ मेगाहर्ज  ढल निकासको काम नगर्न  तथा नहरमा कुनै किसिमको संरचना नबनाउन सिंचाई डिभिजन कार्यलयले लहान नगरपालिका लाई पत्राचार गरेको

नेपाल पत्रकार महासंघ मधेश प्रदेश पत्रकार बिजय शाहको रिहाईको माँग

# मिता खबर

मीता एफएम १०६ मेगाहर्ज  नेपाल पत्रकार महासंघ मधेश पदेशले पत्रकार बिजय शाहको बिनाशर्त रिहाईको माँग गरेको छ । शाखाका महासचिब श्याम बन्जराद्धारा