• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

लहान नगरपालिकामा गएराती बम पड्काउदै ५ लाख रुपैया बराबरको डकैती ५ जना स्थानीय घाईते ।

मीता एफ.एम. (१०६.० मेगाहर्ज) .।

लहान नगरपालिका वडा नंम्बर १७ मा गएराती बम पड्काउदै ५ लाख रुपैया बराबरको डकैती भएको छ । राती ११ बजेड हरिपुर स्थित २० ,२५ जनाको समुहमा आएका लुटेरा समुहले राम नारायण ठाकुरको घर घेरा हालेर महिलाको गरगहना बम पड्काउदै लुटर लगेको वडा अध्यक्ष प्रथम लाल चौधरीले जानकारी दिनु भयो । लुटेर समुहसंगको प्रतिकार गर्नेक्रममा ५ जना स्थानीय घाईते भएका छन् । घाईते हुने लहान नगरपालिका वडा नंम्बर १७ हरिपुरका ५० बर्षिय निरोशी ठाकुर , ३० बर्षिय निरन्जन यादब ,६७ बर्षिया देबनारायण शाह , ४५ बर्षिय मनिलाल यादब , र २५ बर्षिय योगेन्द्र यादब रहेको ईलाका प्रहरी कार्यलय लहानका डीएसपी बिष्नु प्रसाद सोतीले जानकारी दिनु भएको छ । घाईतेहरुको राम कुमार शारडा, उमा प्रसाद मुरारका प्रादेसिक अस्पताल लहानमा उपचार भईरहेको छ । भने अबस्था गम्भीर रहेका २५ बािष्य योगेन्द्र यादबलाई नोबेल हस्पिटल बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । महिलाहरुमाथि अभद्र ब्यबहार गर्दै बम पड्कार लुटपाट गर्नथालेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए । वडा अध्यक्ष चौधरीका अनुसार ठाकुरका छोरालाई लुटेरा समुहले साबेल प्रहार गरेपछि गाँउलेहरु पनि प्रतिकारमा उत्रेपछि लुटेरा समुहले स्थानीयहरुको घर घेरा हालेर वरीपरीका घरको छतबाट निरन्तर बम प्रहार गरेका थिए । गाँउलेहरुले ११ बजेदेखि राती १२ बजे सम्म १ घन्टो प्रतिकार गरेका थिए । त्यसपछि नेपाल प्रहरीका डीएसपी बिष्नु प्रसाद सोती सहित र शसस्त्र प्रहरीको टोली घटना स्थल पुगेपछि लुटेरा समुह फरार भएको थियो । अहिले प्रहरीले लुटपाटमा सम्लग्नहरुमाथि थप अनुसंन्धान र खोजी कार्यभईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

पत्रकार विजय साहलाई तत्काल रिहाईको माँग गर्दै युवासंघद्धारा लहानमा चक्काजाम

# समाज

मीता एफएम १०६ मेगाहर्ज  पत्रकार विजय महतोलाई तत्काल रिहाईको माँग गर्दै राष्ट्रिय युवा संघ नेपालले लहानमा प्रदर्शन तथा चक्काजाम गरेको छ । युवा संघले

आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते सिरहाको लहान नगरपालिका ११ की महिलाको उपचारको क्रममा निधन ।

# समाज

मीता एफ.एम. (१०६.० मेगाहर्ज) । आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते सिरहाको लहान नगरपालिका ११ की महिलाको उपचारको क्रममा निधन । आगो ताप्ने क्रममा जलेर

निर्माण ब्यबसायी संघको सिरहाको अध्यक्षमा अजय राउत सहित प्यानलै बिजयी ।

# समाज

मीता एफएम १०६ मेगाहर्ज लहान । शनिबार सम्पन्न निर्बाचनबाट निर्माण ब्यबसायी संघको सिरहाको अध्यक्षमा अजय राउत सहित उहाँको प्यालन बिजयी भएको छ । अध्यक्ष