• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

ब्यत्तिगत चरित्र हत्या गर्ने , भ्रामक र तथ्यहिन समाचार नलेख्न गोलबजार नगरपालिकाको आग्रह । 

मीता एफ.एम.(१०६.० मेगाहर्ज)

“राजश्व उठाउदै खल्तीमा हाल्दै” शिर्षक राखी  दवानल अनलाईनका कार्यकारी सम्पादक अर्जुन थपलियाले भदौ ७ गते गोलबजार नगरपालिकाको बिषयमा सम्प्रेसण गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

नगरपालिकाले आईतबार पत्रकार सम्मेलन मार्फत बिज्ञप्ति जारी गर्दै ६ महिना पहिला पनि बिज्ञप्ति जारी गरी भ्रमबाट मुक्त हुन आग्रह गरेको जनाएको छ । 

पटक पटक आग्रह र सचेत गराउदा पनि  निरन्तर नगरलाई बदनाम गराउने, त्रसित पार्ने, कर्मचारीलाई बिभिन्न लाल्छना लगाउने,  मनोबल गिराउने, भ्रामक तथा तथ्यहिन समाचार संम्प्रेसण गर्ने, सामाजिक संजालमा पोष्ट गर्ने, कार्य निरन्तर गरीरहेको गोलबजार नगरपालिका  प्रबक्ता संजित लामाले बताउनु भयो ।

 ब्यक्तिगत रिसिबि साँध्ने तथा कसैको ब्यत्तिगत चरित्र हत्या गर्ने अभिप्रायले लेखिएको खबर कसैको लागि पाच्य नहुने ठहर नगरले गरेको छ । 

गोलबजार नगरपालिकाले गुद्रीहाट ,बाख्रा बजार , र चोहर्वाको पशुहाट ९० लाख रुपैयामा बार्षिक ठेक्का लगाएको मित्ति प्रमुख प्रमुख प्रशासकिय अधिकृत सुबोधलामाले जानकारी दिनु भयो । बिधिवत रुपमा टेन्डर आबह्वान गर्दा मानकी निर्माण सेवाको मात्र निबेदन परेको र प्रकृयागत तबरबाट सेवाका संन्चालक मोहन यादबसंग किस्ताबन्दीमा  रकम भुक्तानी गर्ने गरी ठेक्का दिइएको जानकारी नगरपालिकाले दिएको छ ।
 जसकालागि मानकि निर्माण सेवासंग पाँच लाख रुपैया धरौटी र ३५ लाख पहिलो किस्ता बापतको रकम नगरपालिकाले लिएर राजश्व खातामा जम्मा गरेको बैक भौचर तथा कान्नी प्रमाण नगरपालिकासँग ं भएको अधिकृत लामाले जानकारी दिनु भयो ।  

असार मसान्तको कारण बैकले बैंक ग्यारेन्टी  दिएकाले भदौको पहिलो हप्ताको समय ठेकेदार कम्पनिलाई दिएको जानकारी नगर प्रबक्ता संजित लामाले जानकारी दिनु भयो ।   
बैक ग्यारेन्टी नहुदा सम्झौता हुन नसकेकाले ठेकेदारलाई चलनपुर्जा  दिन नसकेको तर नगरपालिकाको यसमा कुनै गलत मनसाय नराखेको  प्रबक्ता लामाले बताउनु भयो ।  

भदौको दोस्रो हप्ता सम्म पनि ठेक्केदार कम्पनिले बैक ग्यारेन्टी नबुझाए नगरपालिकाले तत्कालै चिठी काट्ने लामाले बताउनु भयो ।  त्यसपछि  प्रमुख प्रशासकिय अधिकृत र नगर कार्यपालिकामा यो बिषयलाई लगेर निर्णय लिने लामाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । 
 

प्रतिकृया दिनुहोस

नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा संघर्ष समितिद्धारा लहानमा बृहत प्रदर्शन

# मिता खबर

मीता एफएम  १०६ मेगाहर्ज  खुटी खोला सिंचाई नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा खुटी खोला सिंचाई संघर्ष समितिले लहानमा बृहत प्रदर्शन गरेको छ

सिंचाई डिभिजन कार्यलयले रोक्यो  नहरलाई  ढल बनाउने लहान नगरपालिको  योजना 

# मिता खबर

  मीता एफएम १०६ मेगाहर्ज  ढल निकासको काम नगर्न  तथा नहरमा कुनै किसिमको संरचना नबनाउन सिंचाई डिभिजन कार्यलयले लहान नगरपालिका लाई पत्राचार गरेको

नेपाल पत्रकार महासंघ मधेश प्रदेश पत्रकार बिजय शाहको रिहाईको माँग

# मिता खबर

मीता एफएम १०६ मेगाहर्ज  नेपाल पत्रकार महासंघ मधेश पदेशले पत्रकार बिजय शाहको बिनाशर्त रिहाईको माँग गरेको छ । शाखाका महासचिब श्याम बन्जराद्धारा