• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

पत्रकार विजय साहलाई तत्काल रिहाईको माँग गर्दै युवासंघद्धारा लहानमा चक्काजाम

मीता एफएम १०६ मेगाहर्ज 
पत्रकार विजय महतोलाई तत्काल रिहाईको माँग गर्दै राष्ट्रिय युवा संघ नेपालले लहानमा प्रदर्शन तथा चक्काजाम गरेको छ । युवा संघले प्रहरी दमन बन्द गर, प्रहरी प्रशासन मुर्दाबाद, पत्रकार साहलाई रिहा गर लगायतका नारा लगाउदै, प्रदर्शन तथा पुर्ब पश्चिम राजमार्गको शहिद चौकमा चक्काजाम गरेको छ । संघका मधेश प्रदेश सचिब अशोक महतोले आफुहरुले आजको आन्दोलन सांकेतिक रुपमा गरेको तर तत्काल पत्रकार साहलाई रिहा नगरे कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । 
युवा संघका केद्रीय नेता ईसराईल सिद्धिकिले साहलाई आज साँझ ६ बजे भित्र रिहा नगरे आन्दोलन तताउने चेतावनी दिनुको साथै यदि पत्रकार साहलाई नछोडे भोली देखि एउटा पनि गाडी चल्न नदिने र त्यसको जिम्मा सरकारले लिनु पर्ने चेतावनी दिनु भएको छ । 

यता नेकपा एमाले नगर कमिटि अध्यक्ष राज कुमार शाहले लहान नगरपालिकाका प्रमुख महेश चौधरीको ईसारा र आदेशमा ईलाका प्रहरी कार्यलय लहानका डीएसपी बिष्नु प्रसाद सोती चल्ने गरेको आरोप लगाउनु भयो । चौधरीकोे बिरोध गर्ने जति सबैलाई बिभिन्न मुद्धामा फसाउने षडयन्त्र गरेको डीएसपीले आदेश पालक भएर उनको ईसारामा चलेको आरोप लगाउनु भएको छ ।  
प्रहरी प्रशासनले बिक्रिती बिसंगति बिरुद्ध जसले बोल्छ त्यसैको मुख थुन्ने काम गरेकोले त्यस्ता कार्य तत्काल रोक्न चेतावनी दिनु भएको छ । पत्रकार साहलाई दुर्गा मन्दिरमा लागेको दशैमेलामा गरिएको अश्लिल नाचको बिषयमा कमेन्ट गरेको बिषयलाई लिएर पक्राउ गरेको प्रहरीले बताएको छ । 
यता शुक्रबार दिउसो दस्तक खबर डटकमको कार्यलयमा काम गरीरहेको अबस्थामा प्रहरीले शाहलाई कार्यकक्षबाटै पक्राउ गरेको थियो । 
चौतर्फी दबाब 
यता प्रेस चौतारी नेपाल सिरहा शाखाले प्रेस बिज्ञप्ति जारी गर्दै तत्काल रहिाईको मााग गरेको थियो । यता प्रेस चौतारी नेपाल केन्द्रले समेत बिज्ञप्ति जारी गरी साहको रिहाईको माँग गर्दै अबिब्यत्ति स्वतन्त्रताको सम्मान गर्न माँग गरेको छ । जिल्ला र केन्द्रले जारीगरेको बिज्ञप्तिमा प्रेस तथा अबिब्यक्ति स्वतन्त्रताको रक्षा गर्न ।स्वतन्त्रता पुर्बक समाचार संकलन तथा संप्रेसनको बाताबरण बनाउन माँग गरेको छ । साथै घटनाका दोषीलाई तत्काल कार्बाही गर्न माँग गरेको छ ।

प्रतिकृया दिनुहोस

लहान नगरपालिकामा गएराती बम पड्काउदै ५ लाख रुपैया बराबरको डकैती ५ जना स्थानीय घाईते ।

# समाज

मीता एफ.एम. (१०६.० मेगाहर्ज) .। लहान नगरपालिका वडा नंम्बर १७ मा गएराती बम पड्काउदै ५ लाख रुपैया बराबरको डकैती भएको छ । राती ११ बजेड हरिपुर स्थित २० ,२५

आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते सिरहाको लहान नगरपालिका ११ की महिलाको उपचारको क्रममा निधन ।

# समाज

मीता एफ.एम. (१०६.० मेगाहर्ज) । आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते सिरहाको लहान नगरपालिका ११ की महिलाको उपचारको क्रममा निधन । आगो ताप्ने क्रममा जलेर

निर्माण ब्यबसायी संघको सिरहाको अध्यक्षमा अजय राउत सहित प्यानलै बिजयी ।

# समाज

मीता एफएम १०६ मेगाहर्ज लहान । शनिबार सम्पन्न निर्बाचनबाट निर्माण ब्यबसायी संघको सिरहाको अध्यक्षमा अजय राउत सहित उहाँको प्यालन बिजयी भएको छ । अध्यक्ष