गाउँदेखि विद्यालयसम्म स्वच्छता अभियान, ‘शान स्टेशन’ले बढाउँदै व्यवहार परिवर्तन
सिरहा । ‘घरघरको शान—स्वच्छता अभियान’ नारासहित सिरहामा सञ्चालन भइरहेको स्वच्छता तथा सरसफाइ अभियानलाई गाउँदेखि विद्यालयसम्म विस्तार गरिएको छ। शौचालय निर्माण र प्रयोगसँगै व्यक्तिगत तथा सामुदायिक सरसफाइको व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले अभियान अहिले पनि विभिन्न गाउँ तथा विद्यालयमा निरन्तर सञ्चालन भइरहेको छ।
अभियानअन्तर्गत गाउँ–गाउँमा पुगेर घरमा शौचालय निर्माण, शौचालयको नियमित प्रयोग, हात धुने बानी, घर–आँगनको सरसफाइ तथा खुला दिसापिसाबबाट हुने स्वास्थ्य र वातावरणीय असरबारे नागरिकलाई सचेत गराइँदैछ।
अभियानको अर्को महत्वपूर्ण पक्षका रूपमा ‘शान स्टेशन’ स्थापना तथा सञ्चालनलाई अघि बढाइएको छ। शान स्टेशनलाई स्वच्छता व्यवहारलाई व्यवहारमै उतार्ने स्थानका रूपमा प्रयोग गरिँदैछ। यहाँ शौचालयको सही प्रयोग, हात धुने अभ्यास, व्यक्तिगत सरसफाइ तथा स्वच्छ व्यवहारसम्बन्धी जानकारी र अभ्यास गराउने व्यवस्था गरिन्छ।
विशेषगरी बालबालिका तथा विद्यार्थीलाई स्वच्छताको व्यवहार सिकाउन शान स्टेशन प्रभावकारी माध्यम बनेको छ। विद्यालयमा सिकेको स्वच्छताको सन्देश विद्यार्थीमार्फत घरपरिवार र समुदायसम्म पुर्याउने उद्देश्यले उनीहरूलाई ‘स्वच्छताको दूत’ का रूपमा परिचालन गरिँदैछ।
अभियानअन्तर्गत विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावकसँग स्वच्छतासम्बन्धी छलफल तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदैछ। ‘घरमा शौचालय बनाऔँ, नियमित प्रयोग गरौँ र आफ्नो गाउँलाई स्वच्छ बनाऔँ’ भन्ने सन्देशसहित विद्यार्थीलाई परिवारमा पनि स्वच्छताको अभ्यास बढाउन प्रेरित गरिँदैछ।
त्यस्तै, समुदायमा र्याली, सरसफाइ कार्यक्रम, जनचेतनामूलक गतिविधि तथा सडक नाटकमार्फत खुला दिसापिसाब, फोहोर व्यवस्थापन, हात धुने बानी र शौचालयको नियमित प्रयोगका विषयमा नागरिकलाई सचेत गराउने काम भइरहेको ।
सिरहामा खुला दिसामुक्त अभियान सञ्चालन भइसके पनि सबै घरपरिवारमा शौचालयको पहुँच र नियमित प्रयोग सुनिश्चित हुन नसकेको अवस्थामा अभियानले छ.।
अभियानसँग जोडिएका सरोकारवालाहरूका अनुसार स्वच्छता केवल एकपटक गरिने अभियान नभई दैनिक जीवनको व्यवहार भएकाले गाउँ, विद्यालय र समुदायमा निरन्तर जनचेतना र व्यवहार परिवर्तनका कार्यक्रम आवश्यक छन्।
लहान अस्पतालको पुरानो इमर्जेन्सी वार्ड मर्मतपछि सञ्चालनमा
# मिता खबर
यमुना खनाल लहान। सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले पुरानो इमर्जेन्सी वार्डको मर्मतसम्भार गरी
पाउना आँउदा र रातसांझमा झाडालाग्दा राजोवतीलाई छिमेकीकै छ भर , छोरा कमाएर आए ,पक्की टवाईलेट बनाउने छ रहर
# मिता खबर
लहान, सिरहा । दशैँ नजिकिँदै छ। घरमा आफन्त र पाहुना आउने तयारी भइरहँदा सिरहाको लहान नगरपालिका–२० ब्रह्मानकी राजोवती थरुनीलाई भने चाडपर्वको
सुखीपुरमा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा
# मिता खबर
यमुना खनाल सिरहा, असोज २२ । सामान्य बिरामी पर्दासमेत उपचारका लागि लहान वा विराटनगर पुग्नुपर्ने र समयमै स्वास्थ्य सेवा नपाउँदा ज्यानसमेत

प्रतिकृया दिनुहोस