• १३ कार्तिक २०८३ बिहीबार/ Thursday 10-29-2026

लहान अस्पतालको पुरानो इमर्जेन्सी वार्ड मर्मतपछि सञ्चालनमा

 

यमुना खनाल 
 

 

लहान। सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले पुरानो इमर्जेन्सी वार्डको मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याएको छ। लामो समयदेखि साँघुरो र जीर्ण भवनबाट सेवा दिँदै आएको अस्पतालले मर्मतपछि इमर्जेन्सी सेवाको पूर्वाधारमा सुधार गरेको हो।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) वर्षा प्रकाश, अध्यक्ष रामनारायण महतोसहित कर्मचारीहरूको उपस्थितिमा उपचारका लागि इमर्जेन्सीमा भर्ना भएका लहान १६का माँगेन यादबले  रिबन काटेर वार्डको उद्घाटन गरेका थिए।

अस्पतालको मापदण्डअनुसार पूर्वाधारसमेत पर्याप्त नभएको पुरानो इमर्जेन्सी ब्लकबाट अस्पतालले लामो समयदेखि कठिन परिस्थितिमा सेवा प्रदान गर्दै आएको थियो। बिरामीको अत्यधिक चाप र साँघुरो ठाउँका कारण उपचारमा समस्या हुने गरेको थियो। गर्मीमा भवनभित्र बस्न कठिन हुने र वर्षायाममा पानी चुहिने समस्याले बिरामी तथा स्वास्थ्यकर्मी दुवै प्रभावित हुँदै आएका थिए।

मर्मतपछि इमर्जेन्सी वार्डमा नौवटा बेड थप गरिएको छ। भुइँमा टायल्स बिछ्याइएको छ भने वार्डलाई पहिलेको तुलनामा फराकिलो र सफा बनाइएको अस्पतालले जनाएको छ। यससँगै इमर्जेन्सी सेवाका लागि चार जना मेडिकल अफिसरले २४ सै घण्टा ड्युटी गर्ने व्यवस्था मिलाइएको छ।

मर्मतपछि सुधारिएको इमर्जेन्सी सेवा सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको मेसु वर्षा प्रकाशले बताउनुभयो। उहाँले चिकित्सकका रूपमा अस्पतालमा आउँदा नै इमर्जेन्सी वार्डको अवस्था सुधार गर्ने अठोट लिएको स्मरण गर्नुभयो।

“म डाक्टरका रूपमा अस्पतालमा आएको दिन नै अस्पतालको इमर्जेन्सी वार्डको अवस्था देखेर कुनै दिन मेसु भएँ भने यसलाई सुधार गर्छु भन्ने अठोट लिएको थिएँ। आज त्यो सपना पूरा भएको छ, यसले निकै खुसी बनाएको छ,” प्रकाशले भन्नुभयो।

अस्पतालका अध्यक्ष रामनारायण महतोले अस्पतालको सेवा र पूर्वाधार सुधारका काम क्रमिक रूपमा अगाडि बढाइरहेको बताउनुभयो। उहाँले अस्पतालमा बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सुधारका प्रयास जारी रहेको जानकारी दिनुभयो।
 

प्रतिकृया दिनुहोस

पाउना आँउदा र रातसांझमा झाडालाग्दा राजोवतीलाई छिमेकीकै छ भर , छोरा कमाएर आए ,पक्की टवाईलेट बनाउने छ रहर

# मिता खबर

  लहान, सिरहा । दशैँ नजिकिँदै छ। घरमा आफन्त र पाहुना आउने तयारी भइरहँदा सिरहाको लहान नगरपालिका–२० ब्रह्मानकी राजोवती थरुनीलाई भने चाडपर्वको

गाउँदेखि विद्यालयसम्म स्वच्छता अभियान, ‘शान स्टेशन’ले बढाउँदै व्यवहार परिवर्तन

# मिता खबर

  सिरहा । ‘घरघरको शान—स्वच्छता अभियान’ नारासहित सिरहामा सञ्चालन भइरहेको स्वच्छता तथा सरसफाइ अभियानलाई गाउँदेखि विद्यालयसम्म विस्तार गरिएको

सुखीपुरमा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा

# मिता खबर

यमुना खनाल  सिरहा, असोज २२ । सामान्य बिरामी पर्दासमेत उपचारका लागि लहान वा विराटनगर पुग्नुपर्ने र समयमै स्वास्थ्य सेवा नपाउँदा ज्यानसमेत

↑