• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

कास र फालिएका झारपातबाट डलर साट्छिन पार्बती ।

उधमि पारवती चाैधरी

सिरहाका लहान नगपालीका ११ पडरिया पार्बती चौधरीको घर  छ । पुर्ब पचिम राजमार्गमा जोडिएको पार्बतीको घरमा छिर्नासाथ सुकेको  केराको डाक्ला , बेसारको सुकेका पात , खर, खोष्टा, मोथे, र घिरौलाको जालो असरल्र्लै जताततै राखेको देखिन्छ । पार्बतीले यी सामान बाल्न ,बाख्रालाई खुवाउन राखेकी होईनन् । सुकेका जलाएर फ्याक्ने सामाग्री र झारको प्रयोग गर्न जान्दा त डलर आउने रहेछ भन्ने पार्बतीको घरमा पुग्ने जो कोहीलाई पनि लाग्छ । 

पार्बतीले सुकेको  केराको डाक्ला , बेसारको सुकेका पात , खर, खोष्टा, मोथे, र घिरौलाको जालालाई हस्तकलाका सामग्री निर्माणका लागि बिभिन्न रंग भरेर आकर्षक पारेर तयारी अबस्थामा राखेकी छिन । यही सामाग्रीलाई बिभिन्न बुटामा ढालेर निर्माण गर्ने  सामाग्रीबाट   पार्बती डलरमा साट्छिन ।

४५ बर्षिय पार्बतीले महिला  हास्तहकला उद्योग दर्ता गरेर हस्तकलाका सामान बनाउने गर्छिन । उनले  ग्रामीन महिलाहरुले निर्मान गरेका सामाग्री तथा फलफुल प्रशोधन केन्द्रले बनाएका आँप, कटहर ,बयरको मिक्स अचारको संकलन गरेर बिक्री गर्छिन । उनले उत्पादनका ग्राहाक धेरै जसमे बिदेशी पर्यटकहरु हुन । शंकलन केन्द्रमा आएका सामाग्री पार्बतीले काठमान्डौको सहकारीलाई दिन्छिन । त्यसले बाहिरी देशमा बजारीकरण गर्छ । भने केही सामाग्री चितवन राष्ट्रिय निकुन्जका पर्यटक सम्म पुग्छ । 

गाउमा सहजै रुपमा पाउने तर खेर  गईरहेका  सामान त्यस्ता कच्चा पदार्थको प्रयोग गरेर पार्बतीले, ज्वेलरी बक्स, पेन होल्डर , बिभिन्न  डिजाइनका लेडिज ब्याग, फाईल ,ब्याग , पर्स  , नाउ टे ,फ्रुट बक्स , ब्रेड बक्स , ज्वेलरी बक्स ,पौती, बडि कभर ,  टी म्याट, हट म्याट बनाउछिन ।
पार्बतीको माईती चितवन हो । त्यसैले उनले निर्माण गर्ने सामाग्रीमा , चितवन राष्ट्रिय निकुन्जमा पाईने जनावरहरु , जस्तै हात्ती,  जरायो , गैडा ,परेवा,  कछुवाको बनोटका हस्तकला बुनेर बनाएको पाईन्छ । यी जनावरको आकारमा पार्बतीले बक्स  बनाउछिन । हेर्दा सुन्दर आकर्षक लाग्ने यी बक्सहरु बहुमुल्य धातु गहना राख्न प्रयोग गरिने गरेको पार्बतीले सुनाईन ।  साथै जनावरको आकारमा बनाएका यस्ता बक्सहरु बच्चाको पहिलो रोजाईमा पर्ने भएकाले पेन्सिल होल्डरका लागि पनि   धेरैमाँग हुने गरेको अनुभब  छ पार्बती संग । यसले चितवन राष्ट्रिय निकुन्जमा पाईने गैडा , हात्ति, जरायो ,कछुवा कस्तो हुन्छ भन्ने धारणको बिकास बालबालिकामा गराउन पनि सहयोगी हुने गरेको पार्बतीले बताईन । 

४५ बर्षकी पार्बतीका हातमा जतिबेला पनि ढकी बनाउन प्रयोग हुने  बाासको सुईरो  खर , खोष्टा पटेर र मोथेको बिटो साथैमा हुन्छ । ।बर्षैँ देखि  यी सामाग्री बुन्दा बुन्दै खरले काटेर र फुटेर पार्बतरकिो हातमा घाउ भएका छन ।।  हातले बुनेर तयार गर्नु पर्ने बिभिन्न बुटामा सजाउनु पर्ने हुदा निकै ठूलो मिहिनेत र काममा झन्झट नमानने मानिसबाट मात्र यो काम सम्भब छ भन्छिन उनी । तर जति दुख भएपनि पनि पार्बती आफुले निर्माण गरेका सामाग्री हेर्दा संस्सारकै सुख पाएको र संस्सारै जितेको जस्तो अनुभुति हुुने गरोको बताउछिन । 
परम्परागत थारु संस्कृतिको महत्व बोकेका यी सामानहरु पार्बती घरमा आमाले बनाएको देखेर अलिअलि बुनने गर्थिन पहिला पनि ।   लाउला र खाउलाको जवानीमा नै श्रीमानले यो संसारमा एक्लै छोडेर गएपछि दुई छोराछोरीको लालन पालन र शिक्षा दिक्षा कसरी दिने भन्ने ठूलो बोझ थियो पार्बतीलाई । तर दिन बित्दै जादा  अभिभाबक , साहारा  साथी जे भने पनि त्यही हातको सीप बन्यो पार्बतीको सहयोगी । 

अहिले पार्बती महिला उद्योगीको रुपमा स्थापीत छन । आफुले गरेको काम र पाएको सफलतामा पार्बतीलाई गर्ब छ । अनि ब्यक्त गरी नसकने खुशी पनि । यही उद्योगले पार्बतीलाई नाम दिएको छ अनि दाम पनि । पार्बतीले यसैको कमाईबाट   पूर्ब पशिचम राजमार्गमा चारकोठे घर बनाएकी छन पार्बतीले भने  छोरालाई कम्प्युटर ओभरसियर ,र छोरीलाई ब्याचलर पास गराउनु भएको छ । सिरहा जिल्लामा उद्यमीहरु खोज्दा पहिलो नंम्बरमा पार्बतीकै नाम आउने गरेको छ ।कतै मेला लाग्यो घरेलु तथा साना उद्योगले पार्बतीकै नाम सिफारिस गर्छ ।   गत बर्ष घरेलु तथा साना उद्योग कार्यलय लहानको अनुरोधमा काठमान्डौमा भएको हस्तकला प्रदर्शनीमा भाग लिन पार्बती काठमान्डौ गईन । त्यहा उनले नेपालकै उत्कृष्ट महिला उद्यमीको प्रमाण पत्र  पाईन । भने मन्त्री र सचिबबाट दोसल्ला आढाएर सम्मान गरियो । 

  मैले त यसरी सफल हुन्छु भनेर कल्पना पनि गरेको थिईन तर म सफल भए । यो मेरो प्रयासले र निरन्तरताले भएको हो  उनी भन्छिन , यो सफलताले मलाई  अझै जिम्मेवारी थपेको  जस्तो लाग्छ । पार्बती यतिमा नै सन्ष्ट भने छैनन । सिरहा जिल्लामा २५ , ३० जना आफु जस्तै सीप भएका महिला उत्पादन गरेर ठूलो उद्योग बनाउन पाए हुन्थ्यो भन्ने उनलाई लागेको छ । त्यसको लागि उनी अहिले पनि रात दिन काम गरीरहेकी छन । 

मलाई यो कामले यति सम्मान दियो , आमदानी पनि दियो त्यसैले  अरुलाई पनि यो काम गर्न आम्दानीको  श्रोत बनाउन पार्बती सबै महिलाहरुलाई सुझाब दिन्छिन  । म संधै फलफुल प्रशोधन गर्ने र ब्याग , पर्स बनाउनेलाई पनि प्रोत्साहान गरी रहनछु । सधै म धेरै बनाउनु पर्छ निरन्तर गर्नु पर्छ भन्छ ु । तराईका महिला आम्दानी गर्न नसकेका कारण हिंसाको सिकार बन्नु पर्छ ।  काम छैन,भन्नु  , अरुको कुरा गरेर बस्नु भन्दा  गाउघरमै पाईने किन्नु पनि नपर्ने त्यसैखेर गएका सामाग्री प्रयोग गरेर खाली भएको समयमा गर्न मिल्ने  कामलाई अघि बढाउन सुझाब दिन्छु । सबैले यो काम गरे सफल हुने पार्बतीको दाबी छ  । मैले निरनतर लागेकै कारण सफलता पाए तयसरी सबैले गर्ने हो भने सफलता प्राप्छ  हुन्छ । 
कमलदह  फलफुल प्रसोशोधन केन्द्र चन्द्रलालपुर चोहर्वा आप कटहरको अचार किस अचार बनाउछन त्यसको पनि शंकलन गर्ने गछिन पार्बतीले ।   
गत बर्ष लहान उद्योग बाणिज्य संघको आयोजनामा स्टल राखेपछि , घरेलु तथा साना उदोग कार्यलय लहानले पार्बतीलाई कामठानडौमा समेत स्टल खाख्न भन्यो । पाबतीले उत्कृष्ट महिला उद्याीको रुपमा मन्त्री र सचिबको हातबाट सम्मान पाएकोले अझै केही गर्नु पर्छ भनने जिम्मेवारी थपिएको बताउछिन पार्बती  चौधरी  
यसमा लगानी नपर्ने जसले उत्पादन ग।रे पनि आफुले लिईदिने भएकाले खेर गएका सामाग्री जो किन्नु पदैन सहजै गााउमा पाईनछ यस्ता सामाग्री प्रयोग गरेर काम गरे ब्यर्थ कुरा गरेर बिताउने समयलाई सदुपयोग गर्न सके आय आर्जन गर्ने श्रोत बन्थयो । 
 
पार्बती कसैले सहयोग गरे पनि नगरे पनि यो काम निरनतर अगाडी बढाउनु पर्छ भन्नेमा दृढ छि । 


कमलदह  फलफुल प्रसोशोधन केन्द्र चन्द्रलालपुर चोहर्वा आप कटहरको अचार किस अचार बनाउछन त्यसको पनि शंकलन गर्ने गछिन पार्बतीले ।   

पार्बतीको श्रीमानको मृत्यु धेरै बर्ष अघि भयो । तयसपछि छोराछोरीको लालन पालन र शिक्षा दिक्षादिने अभिभाबक , साहारा लागि हातको सीप हो । भाबक , साथी जे भने पनि हातको सीप हो यसैको आमदानी बाट पार्बतीले पूर्ब पशिचम राजमार्गमा चारकोठे घर बनाउनु भएको छ भने छोरालाई कम्प्युटर ओभरसियर ,र छोरीलाई बयाचलर पास गराउनु भएको छ । एउटा उद्योगीको रुपमा स्थापीत गरेको छ ।आफुले आफ्नै कला संस्कृतिको जगेन ागर्ने काममा लागेकोमा आफुलाई गर्ब लाग्ने गरेको छ ।  पार्ब अहिले नितान्त हस्तकलाको काम गर्छि छोराछोरीलाई केही कुराको कमी नभएको पार्बती बताउृनु हुन्छ ।

प्रतिकृया दिनुहोस

पत्रकार विजय साहलाई तत्काल रिहाईको माँग गर्दै युवासंघद्धारा लहानमा चक्काजाम

# समाज

मीता एफएम १०६ मेगाहर्ज  पत्रकार विजय महतोलाई तत्काल रिहाईको माँग गर्दै राष्ट्रिय युवा संघ नेपालले लहानमा प्रदर्शन तथा चक्काजाम गरेको छ । युवा संघले

लहान नगरपालिकामा गएराती बम पड्काउदै ५ लाख रुपैया बराबरको डकैती ५ जना स्थानीय घाईते ।

# समाज

मीता एफ.एम. (१०६.० मेगाहर्ज) .। लहान नगरपालिका वडा नंम्बर १७ मा गएराती बम पड्काउदै ५ लाख रुपैया बराबरको डकैती भएको छ । राती ११ बजेड हरिपुर स्थित २० ,२५

आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते सिरहाको लहान नगरपालिका ११ की महिलाको उपचारको क्रममा निधन ।

# समाज

मीता एफ.एम. (१०६.० मेगाहर्ज) । आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते सिरहाको लहान नगरपालिका ११ की महिलाको उपचारको क्रममा निधन । आगो ताप्ने क्रममा जलेर