• १४ कार्तिक २०८३ शुक्रबार/ Friday 10-30-2026

पूर्व प्रदेश सांसद , केन्द्रिय सदस्य सहित हजारौंं नेता कार्यकर्ता एनेकपा एस परित्याग गरी एमालेमा फर्किए


मीता एफएम लहान 
एकिकृत समाजबादी परित्याग गरी सिरहामा हजारौ कार्यकर्ता नेकपा एमाले फर्किएका छन् । सिरहाको सखुवा नन्कारकट्टि गाँउपालिका र गोलबजार नगपालिकाकामा आयोजित कार्यक्रममा  हजारौ नेता कार्यकर्ता एमाले प्रबेश गरेका छन् ।  
सिरहाको सखुवानन्कारकट्टि गाँउपालिकामा आयोजित कार्यक्रममा प्रदेश सभा पुर्ब सांसद आशोक यादब , एकिकृत समाजबादीका केन्द्रिय सदस्य सागर चौधरी, मानबीर यादब सखुवा नन्कारकट्टि गाँउपालिका ईन्चार्ज तथा जिल्ला कमिटि सदस्य राम नारायण यादब लगायतका हजारौं नेता कार्यकर्ता एमाले प्रबेश गरे । उनीहरुलाई नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र पोलिट्ब्युरो सदस्य तथा सिरहा क्षेत्र ३ का प्रतिनीधि सभा सदस्य लीला नाथ श्रेष्ठले उनीहरुलाई पार्टिमा स्वागत गर्नु भयो ।    
नेकपा एमाले फर्किएका पुर्ब सांसद अशोक यादबले बृहत कम्युनिष्ट आन्दोलनको अभियानलाई अगाडी बढाउने उदेश्यले एमालेबाट बिद्रोह गरेको भएपनि नेतृत्व ठीक ढंगले नचलेको यादबले आरोप लगाउनु भयो ।

 यादबले भन्नु भयो , “ हामीे सबै कम्युनिष्ट पार्टि एकै ठाँउ  हुन्छ कम्युनिष्ट आन्दोलन अगाडी बढ्छ भन्ने आशाका साथ एकिकृत समाजबादीमा लागेका थियौ ।  कुनै नेतालाई काँधमा बोकेर यो देशलाई खाडलमा पुर्याउन हामीले एमाले बाट बिद्रोह गरेका होईनौ । तर नेतत्वले कम्युनिष्ट आनदोलनको नेतृत्व नै बिदेशी दलाललाई सुम्पिएको आरोप लगाउनु भयो । 

देशमा सम्पन्न तीनै तहका निर्बाचन पछि हामीले बिश्लेषण गर्यौ । देशमा एकिकृत समाजबादी पार्टि रह्यो कि, रहेन  । एकिकृत समाजबादीको नेतृत्व गर्ने नेताले नेपाली जनताको नेतृत्व गरे कि, गरेनन् ? ।हामीले गहन छलफल गर्यौ  र. हामीहरु के निश्र्कमा पुग्यौ भने  एकिकृत समाजबादीको नेतृत्व दलालहरुको , हातमा पुग्यो । बुर्जुवाको हातमा पुग्यो  । र पुजीपति बर्गको हातमा पुग्यो  । बिदेशीको हातमा पुग्यो । खास गरी नेतृत्व माओबादी र कांग्रेसको पिछलग्गु भएको हामीले   हामीले निस्कर्ष निकाल्यौ । र पार्टि परित्याग गर्ने शिश्कर्षमा पुग्यौ । यादबले भन्नु भयो । 


  
कांग्रेस र माओबादीले जे भन्यो त्यसैको पछि पछि नेतृत्व हिडेका कारण आफुहरु समेत त्यसैगरी हिड्नु पर्ने अबस्थामा नेतृत्वले पुर्याएको प्रति यादबले आक्रोस पोख्नु भयो । 

प्रतिकृया दिनुहोस

नेकपा एमालेको यही चैत्र २६ गते देखि २८ गते सम्म हुने जिल्ला अधिबेसनको तयारी तीब्र

# राजनीति

यमुना खनाल  नेकपा एमालेको यही चैत्र २६ गते देखि २८ गते सम्म हुने सिरहा जिल्ला अधिबेसनको तयारी तीब्र भएको छ । जिल्ला अधिबेसनको प्रमुख अतिथि  नेकपा

२१ बर्ष सम्म शहिद हेम नारायण यादबका हत्यारालाई कार्बाही  गर्न  एमालेले  चासो दिएन : यादब

# राजनीति

यमुाना खनाल २० माघ लहान । बुबा शहिद हेम नारायण यादबका हत्यारालाई तत्काल कार्बाही गर्न कार्बाही गर्न नेकपा एमाले सिरहाका कार्यबाहक अध्यक्ष तथा सिरहा

बुद्धीजिवी परिषदद्धारा जनताको समस्यामा केन्द्रीत भएर काम गर्न पार्टि नेतृत्वको ध्यानाकर्षण ।

# राजनीति

मीता एफ.एम. (१०६.० मेगाहर्ज)  वुद्धीजीवी परिषद नेपाल, सिरहाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।   वुद्धीजीवी परिषद सिरहाबाट प्रदेश, तथा

↑