२१ बर्ष सम्म शहिद हेम नारायण यादबका हत्यारालाई कार्बाही गर्न एमालेले चासो दिएन : यादब

यमुाना खनाल
२० माघ लहान । बुबा शहिद हेम नारायण यादबका हत्यारालाई तत्काल कार्बाही गर्न कार्बाही गर्न नेकपा एमाले सिरहाका कार्यबाहक अध्यक्ष तथा सिरहा नगरपालिका मेयर नबिन यादबले माँग गर्नु भएको छ ।
यादबले शहिद परिवारलाई मलमपट्टि गर्ने बाटो पार्टिले खोजी नगनर््ले आफु थप मर्माहित भएको बताउनु भयो ।
नेकपा एमाले सिरहाले आयोजना गरेको २१ औं स्मृति सभामा बोल्दै यादबले भन्नु भयो ,
हामीले २१ ऋौ स्मृति सभा मनाउदै गर्दा बिगतमा नेकपा एमालेका नेताहरुले कार्बाही गर्ने बाचा गरेपनि त्यो पुरा नगरेको गुनासो गर्नु भयो । त्यो बाचा आज २१ बर्ष पछि पनि अधुरै छ । एक शहिद परिवारको हिसाबले यसप्रति दुःख ब्यक्त गर्न चाहान्छु । ”
“मैले सबैदिन नेकपा एमालेका नेताहरुबाट सुनिरहेको छु । यादब सबैका लागि लड्नु हुन्थ्यो जनताका लागि ज्यान दिनु हुन्थ्यो । आफ्नो पार्टिका नेता कार्यकर्ता , जनता र समाजका शोषित पिडीत लागि जस्तो सुकै कदम उठाउन तयार हुनुन्थ्यो । तर आज उनैमाथि पीडा भयो । परिवारमाथि पीडा भयो । उनका बाल बच्चामाथि पीडा भयो । तर त्यो पीडामा शहिद परिवारको घाउमा मलम लगाउन पार्टिले कुनै चासो दिएन । ”
‘नेकपा एमालेका जुझारु, जनताको प्रिय, ईमानदार नेता हुनुन्थ्यो म उनको छोरा र बच्चा भएको नाताले म एमाले न्ोताहरुलाई आग्रह गर्दछु ।दोषीलाई कार्बाही गरी हामीलाई न्याय दिनुहोस ।’ यादबले अत्यन्त भाबुक हुदै भन्नु भयो । “रुदा रुदै आँखामा आसु सुकेको छ , आशा मरेको छ ।”
एमाले नेताहरुले भाषणमा उहाँको गुणगान गाएपनि कार्बाही गर्ने तर्फ चासो नदिएको नेता यादबले आरोप लगाउनु भयो ।
नेता हेम नारयाण यादबलाई षडयन्त्र पुर्ण तरीकाले अपहरण पछि हत्या गर्ने ब्यक्तिलाई छानबिन समितिले दोषी किटान गरी प्रतिबेदन र्साबजनिक गरिसकेको छ । तर २१ बर्ष बिति सक्दा समेत दोषीलाई कार्बाही गरी शहिद परिवारलाई न्याय दिलाउने तर्फ पार्टिको ध्यान केन्द्रित नहुनुले आफु निराश भएको बताउनु भयो ।
एमाले नेतृत्वको सरकार प्रदेश र केन्द्र सम्म छ । दोषीलाई कार्बाही गर्न के ले छेकेको छ । म एमाले नेताहरुसंग सोध्नुु भयो ।
तत्कालिन प्रधानमन्त्री एबं एमाले अध्यक्ष माधब नेपालले घटनामा दोषी किटान गरिएका चोहर्वा क्याम्पका तत्कालिन मेजर बाबु कृष्ण कार्कीलाई बडुवा गराउन कार्कि निर्दोस रहेको भनि फाईलमा साईन गर्न दबाब दिएएको यादबले बताउनु भयो ।
स्मृति सभामा उहाले बोलेको अंश
सिरहाको चन्द्रमाबिमा श्रद्धान्जली सभा आयोजना गरिएको थियो । एमाले अध्यक्ष माधब नेपालले भाषण गर्दै भन्नु भयो, पर्दा पछाडी हत्यारा देखिई सकेको छ । पर्दा हटाउन मात्रै बाकी छ ।चाडै उहाँँ हत्यारालाई कार्बाही गर्ने छौ । पछि उहाँलाई भेटर दोषीमाथि कार्बाही गर्न आग्रह गर्दा “हाम्रो पार्टि सरकारमा छैन । हामी अहिले केहीगर्न सक्दैनौ” यस्तो जवाफ दिनु भयो । यसले अत्यन्तै दु खी बनायो ।त्यसको केही समयपछि नै जब पार्टि सरकारमा गयो । माधब नेपाल प्रधानमन्त्री हुनु भयो । जसलाई छानबिन समितिले हत्यारा भनि दोष्ी किटान गरिएको थियो । माधब नेपालले उसैको षडयन्त्र पुर्बक बढुवाका लागि म कहाँ सिफारिस पठाउनु भयो । प्रधानमन्त्री भएको केही दिन मात्रै पछाडी गोप्य हिसाबले, गोप्य ब्यत्ति पठाएर मलाई बालुवाटार बोलाउनु भयो । मलाई लाग्यो अब चाहि मैले नयाय पाउने रहेछु । म पनि गोप्य हिसाबले बालुवाटार गए । जब मैले रुममा भेटे ,मलाई एकै शब्दमा के छ हाल खबर ? भन्नु भयो । मैले भने बाँचिरहेको छु ।मलाई यहाँसम्म गोप्य रुपमा बोलाउनु भएको छ । यो सुचना कसैलाई नदिनुस पनि भनेर म्यासेज पठाउनु भएको छ । म गोप्य रुपमा आएको छु मलाई किन बोलाउनु भएको सोधें । उहााले एकै शब्दमा मलाई भन्नु भयो । तपाईले एउटा निबेदन लेखी दिनु पर्छ । त्यसमा के लेखी दिनु पर्छ कि ,बाबुकृष्ण कार्कि निदोष छन् ।लेखीदिनु पर्छ ।म यस्तो कुरा सुनेर पसिना पसिना भए । यस्तो कुरा सुनेर । मैले त्यसको प्रतिबाद गर्दै सिरहाको चमाबिमा तपाईले के भन्नु भएको थियो । त्यसको लिखित जवाफ दिनुस भन्दै मैले पनि कडा रुपमा सोधे ।त्यसपछि पछि ठिक छ तपाई अहिले जानु । म पछि तपाई संग कुरा गर्छु । यस्तो तीतो यथार्य भोगाई म संग छ ।
तत्कालिन रक्षा मन्त्री बिद्या देबी भन्डारीको टेबलमा कार्किको बडुवाको फाईल पुर्याएर कार्कि निर्दोष साबित गर्न मलाई दबाब दिएको रहेछ । तर मन्त्री भन्डारीले त्यति बेला त्यो फाईल अगाडी बढाउनु भएन ।
के हामी सरकारमा रहे मात्रै ईन्साफ मिल्छ । नभए मिल्दैन । पार्टिले यस्तै गर्ने हो भने भोली यहाँ उपस्थित हुने नेता कार्यकर्तामाथि कुनै घटना होला । कुन आशा बिश्वास र भरोसाका साथ पार्टिमा काम गर्ने ?
एमाले नेता जिम्मेवार ब्यत्तिहरुले यसरी कार्बाही सिफारिस भएको ब्यत्तिलाई बढुवा गर्न मलाई बालुवाटारमा बोलाएर निर्दोश भएको सही गर्न दबाब दिए पछि अत्यन्त निराश भएको उनले बताए ।
२०६१ साल माघ १९ गते नेता यादबको सिरहाघरबाट मोटर साईकलमा धनगढी १० स्थित हिरा बहादुर सुनवारको घर आउने क्रममा कसहा पुल नजिकै सादा पोषाकका शैनिकले अपहरण गरी हत्या गरेको छानबीन समितिका प्रतिबेदनमा उल्लेख छ । नेता यादब २०५६ सालमा सिरहाबाट प्रतिनीधि सभामा निर्बाचित हुनु भएको थियो ।
सिरहामा जनताको पक्षमा काम गर्ने ,प्रशासनलाई गलत गर्न नदिने, आफ्नो पार्टिका मात्र नभई दुख परेर काम नभएर न्याय नपाएको जो कोही बयत्तिलाई पनि न्याय दिन मरिहत्ते गरेर लाग्ने नेताका रुपमा आफ्नो पहिचान बनाएको नेताको रुपमा चिनिनु हुन्थ्यो । उहाँका समकालिन नेताहरु अहिले पनि उहाँको अभाब महसुस भईरहेको बताउछन् ।
सिरहा जिल्ला कमिटिले नेता यादबको स्मृति दिबसको अबसरमा रक्तदान र श्रद्धान्जली सभा गरेर मनाएको छ । कार्यक्रममा नेकपा एमाले मधेश प्रदेशका नेताहरु त्यसैगर जिल्ला नगर र गाँउपालिकाका एमाले नेता कार्यकर्ताको कार्यक्रममा सहभागिता रहेको थियो ।
नेकपा एमालेको यही चैत्र २६ गते देखि २८ गते सम्म हुने जिल्ला अधिबेसनको तयारी तीब्र
# राजनीति

यमुना खनाल नेकपा एमालेको यही चैत्र २६ गते देखि २८ गते सम्म हुने सिरहा जिल्ला अधिबेसनको तयारी तीब्र भएको छ । जिल्ला अधिबेसनको प्रमुख अतिथि नेकपा
बुद्धीजिवी परिषदद्धारा जनताको समस्यामा केन्द्रीत भएर काम गर्न पार्टि नेतृत्वको ध्यानाकर्षण ।
# राजनीति

मीता एफ.एम. (१०६.० मेगाहर्ज) वुद्धीजीवी परिषद नेपाल, सिरहाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वुद्धीजीवी परिषद सिरहाबाट प्रदेश, तथा
३४ वर्षपछि एमालेका शीर्ष नेता सर्रे अम्वासमा
# राजनीति

नेकपा एमालेको केन्द्रीय सचिबालयको बैठक सिरहाको धनगढीमाई नगरपालिका वडा नंम्बर १४ अम्बासमा बसिरहेको छ । बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा
प्रतिकृया दिनुहोस