बुद्धीजिवी परिषदद्धारा जनताको समस्यामा केन्द्रीत भएर काम गर्न पार्टि नेतृत्वको ध्यानाकर्षण ।

मीता एफ.एम. (१०६.० मेगाहर्ज)
वुद्धीजीवी परिषद नेपाल, सिरहाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
वुद्धीजीवी परिषद सिरहाबाट प्रदेश, तथा प्रतिनीधि सभामा सिरहाबाट प्रतिनीधित्व गर्ने सांसद तथा पार्टिबाट निर्बाचित पालिका प्रमुखहरु साथै बुद्धिजीबि परीषद जिल्ला तथा केन्द्र र पालिकाका पदाधिकारीहरुको सहभागितारहेको बुद्धिजीबि परीषद सिरहाका अध्यक्ष भैरब गेलालले जानकारी दिनु भएको छ । एमालेको तीनै तहको सरकारले गरीरहेका कामकार्बाही तथा जनतालेभोगिरहेका समस्याबारे पार्टिबाट प्रतिनीधित्व गर्ने निर्बाचित पदाधिकारीको परीषदले ध्यानाकर्षण गाराएको गेललले जानकारी दिनुभयो । आफ्नो पार्टि सरकारमा भएर पनि जनताले सुशासन अनुभुृति गर्न नपाएको, पार्टिले नीति अनुसारको काम गर्न नसकेको गुनासो गरेका छन् ।
निर्बाचित प्रतिनीधिहरुले जनताले भोगीरहेको मीटर बयाज पिडितको समस्या, सहकारी ठगीका समस्या, बिद्युत प्राधिकरणबाट सेवा शुल्कका नाममा असुल्ने गरेको अतिरिक्त रकम र एनसेलले जनतालाई ठगी गरीरहेको सेवा प्रदायिक निकायहरुको जनप्रतिनीधीहरुले अनुगमन गर्नुपर्ने, कमला सिचाई, ख्ुटी नहर, तथा बलान कटान लगायतका सवाल संसदमा उठाउनु पर्नेमा कुराहरुको वारे ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सदस्य तथा सिरहा जिल्ला ईन्चार्ज गंगा यादव अथीतीहरुमा सिरहा क्षेत्र नं. १ प्रतिनीधी सभा तथा प्रदेश सभा सदय रामशंकर यादव र राजेन्द्र प्रसाद चौधरी, नेकपा एमाले सिरहा अध्यक्ष तथा सिरहा नगरपालिका नगर प्रमुख नविन कुमार यादव, धनगढीमा माई नपाका नगर प्रमुख शिवसंकर महतोले आफनो धारणा राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता परिषदका अध्यक्ष भैरव गेलालले गर्नु भएको थियो ।
नेकपा एमालेको यही चैत्र २६ गते देखि २८ गते सम्म हुने जिल्ला अधिबेसनको तयारी तीब्र
# राजनीति

यमुना खनाल नेकपा एमालेको यही चैत्र २६ गते देखि २८ गते सम्म हुने सिरहा जिल्ला अधिबेसनको तयारी तीब्र भएको छ । जिल्ला अधिबेसनको प्रमुख अतिथि नेकपा
२१ बर्ष सम्म शहिद हेम नारायण यादबका हत्यारालाई कार्बाही गर्न एमालेले चासो दिएन : यादब
# राजनीति

यमुाना खनाल २० माघ लहान । बुबा शहिद हेम नारायण यादबका हत्यारालाई तत्काल कार्बाही गर्न कार्बाही गर्न नेकपा एमाले सिरहाका कार्यबाहक अध्यक्ष तथा सिरहा
३४ वर्षपछि एमालेका शीर्ष नेता सर्रे अम्वासमा
# राजनीति

नेकपा एमालेको केन्द्रीय सचिबालयको बैठक सिरहाको धनगढीमाई नगरपालिका वडा नंम्बर १४ अम्बासमा बसिरहेको छ । बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा
प्रतिकृया दिनुहोस