• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा संघर्ष समितिद्धारा लहानमा बृहत प्रदर्शन


मीता एफएम  १०६ मेगाहर्ज 
खुटी खोला सिंचाई नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा खुटी खोला सिंचाई संघर्ष समितिले लहानमा बृहत प्रदर्शन गरेको छ । 
लहान नगरपालिकाका प्रमुख महेश चौधरीले  नहर मासेर ढल बनाउने कार्य स्थकित गर्ने दलका प्रतिनीधि र संघर्ष समतिसग  पटक पटक ं सहमति गरे पनि बलमिच्या गर्दै रातारात  हुयम पाएप राख्ने कार्य नरोकेपछि  समितिले लहानमा बिसाल प्रदर्शन गरेको हो । 

खुटी नहरको पानी लहान नगरपालिकाका बिभिन्न वडा हुदै  ,सखुवानन्कारकट्टि गाँउपालिकासम्म  लैजाने योजना बमोजिम  खुटी खोलामा डेड बक्स बनि सकेको छ । तर लहान नगरपालिका भने जबरजस्ती सिंचाई नहरलाई सुख्खा नहर भन्दै नहर मासेर ढल निकासको योजना संचालन गरेपछि किसानहरु आक्रोसित भएका हुन् । 

नेकपा एमाले लहान नगर कमिटि , किसान महासंघ तथा किसान संसर्ष समितिसंग नगर प्रमुख महेश चौधरीले नहर संन्चालनकालागि  पटक पटक सहमति गर्ने र सहमति तोड्दै काम  निरन्तर अगाडी बढाउने गरेपछि किसानहरुले मेयरको त्यस्तो कदमको कडा बिरोध गरे । 

यता लहान नगरपालिकिाले किसान संघर्ष समितिलिाई बार्ता र संबादका लागि आबह्वान गरेको छ । तर संघर्ष समितिले नहरमा राखेको ह्युम पाएप नहटाए सम्म बार्तामा नबस्ने बताएको छ । 

समितिले पटक पटक धोकाधणी गर्ने मेयर चौधरीको बिश्वास नभएकाले आफुहरुको पहिलो शर्त भनेकै ह्यम पाएप हटाउने भएको किसान संघर्ष समिति सदस्य शंकर चौधरीले बताउनु भयो । 

 

प्रतिकृया दिनुहोस

सिंचाई डिभिजन कार्यलयले रोक्यो  नहरलाई  ढल बनाउने लहान नगरपालिको  योजना 

# मिता खबर

  मीता एफएम १०६ मेगाहर्ज  ढल निकासको काम नगर्न  तथा नहरमा कुनै किसिमको संरचना नबनाउन सिंचाई डिभिजन कार्यलयले लहान नगरपालिका लाई पत्राचार गरेको

नेपाल पत्रकार महासंघ मधेश प्रदेश पत्रकार बिजय शाहको रिहाईको माँग

# मिता खबर

मीता एफएम १०६ मेगाहर्ज  नेपाल पत्रकार महासंघ मधेश पदेशले पत्रकार बिजय शाहको बिनाशर्त रिहाईको माँग गरेको छ । शाखाका महासचिब श्याम बन्जराद्धारा

किसानमहासंघ द्धारा लहान नगरपालिकाको किसानहित बिपरित कृयाकलापबिरुद्ध प्रदर्शन

# मिता खबर

किसान हित बिपरित लहान नगरपालिकाको निणर्य तथा कृयाकलाप बिरुद्ध अखिल नेपाल किसान महासंघ लहानले प्रदर्शन गरेको छ ।  महासंघले निकालेको र्यालीले शहिद