• १३ कार्तिक २०८३ बिहीबार/ Thursday 10-29-2026

सुखीपुरमा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा


यमुना खनाल 
सिरहा, असोज २२ । सामान्य बिरामी पर्दासमेत उपचारका लागि लहान वा विराटनगर पुग्नुपर्ने र समयमै स्वास्थ्य सेवा नपाउँदा ज्यानसमेत गुमाउनुपर्ने बाध्यता भोग्दै आएका सिरहाको सुखीपुर नगरपालिकाका नागरिकका लागि अब आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाउने बाटो खुलेको छ ।

सुखीपुर नगरपालिकाले १५ शय्या क्षमताको आधारभूत नगर अस्पताल औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित एक समारोहबीच नगरपालिकाले अस्पतालको औपचारिक उद्घाटन गरेको हो ।

अस्पताल सञ्चालनमा आएसँगै आकस्मिक सेवा (इमर्जेन्सी), ओपीडी तथा प्रसूति सेवा स्थानीयस्तरमै उपलब्ध हुने नगरपालिकाले जनाएको छ । अस्पतालमा पाँच जना दक्ष तथा अनुभवी चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान गरिने बताइएको छ ।

सुखीपुर नगरपालिकाका नगर प्रमुख राम अवतार यादवका अनुसार अस्पताल सञ्चालनका लागि पाँच वर्षसम्म चिकित्सकसहित आवश्यक स्वास्थ्य जनशक्तिको व्यवस्थापन न्यु साइमन्ड संस्थाले गर्नेछ भने नगरपालिकाले सहकार्य गर्नेछ । अस्पतालमा पाँच जना विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

यसअघि सुखीपुरका नागरिकलाई सामान्य स्वास्थ्य समस्या हुँदा पनि उपचारका लागि लहान तथा विराटनगर पुग्नुपर्ने बाध्यता थियो । विशेषगरी प्रसूति, दुर्घटना, सर्पदंश तथा आकस्मिक अवस्थाका बिरामीलाई समयमै उपचारका लागि टाढा लैजानुपर्ने अवस्था रहँदा आर्थिक भारसँगै जोखिमसमेत बढ्ने गरेको थियो । कतिपय अवस्थामा समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

स्वास्थ्य संस्था टाढा हुँदा सामान्य उपचारका लागि समेत यातायात खर्च, उपचार खर्च र समयको थप भार बेहोर्नुपर्ने अवस्था थियो । आकस्मिक अवस्थामा उपचारका लागि लामो दूरी पार गर्नुपर्ने भएकाले बिरामी र परिवारले ठूलो सास्ती खेप्दै आएका थिए । आफ्नै नगरमा अस्पताल सञ्चालन भएपछि अब त्यस्ता समस्या कम हुने स्थानीयले अपेक्षा गरेका छन् ।

अस्पताल निर्माणका लागि संघीय सरकारको १६ करोड ५० लाख रुपैयाँ र सुखीपुर नगरपालिकाको दुई करोड रुपैयाँ लगानी भएको नगरपालिकाले जनाएको छ । २०८१ साल वैशाखमा शिलान्यास गरिएको अस्पताल भगत बिल्डर्सले करिब अढाई वर्षमा निर्माण सम्पन्न गरेको हो ।

अस्पताल निर्माणका लागि स्थानीय उमा प्रसाद चौधरी, लक्ष्मण चौधरीलगायत चौधरी दाता परिवारले २१ कठ्ठा जग्गा उपलब्ध गराएका नगरपालिकाले जनाएको छ ।

अस्पताल सञ्चालनमा आएपछि विशेषगरी प्रसूति सेवा, दुर्घटनाका बिरामी, सर्पदंशका बिरामी तथा अन्य आकस्मिक स्वास्थ्य समस्या भएका नागरिकले स्थानीयस्तरमै उपचार पाउने अपेक्षा गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

लहान अस्पतालको पुरानो इमर्जेन्सी वार्ड मर्मतपछि सञ्चालनमा

# मिता खबर

  यमुना खनाल      लहान। सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले पुरानो इमर्जेन्सी वार्डको मर्मतसम्भार गरी

पाउना आँउदा र रातसांझमा झाडालाग्दा राजोवतीलाई छिमेकीकै छ भर , छोरा कमाएर आए ,पक्की टवाईलेट बनाउने छ रहर

# मिता खबर

  लहान, सिरहा । दशैँ नजिकिँदै छ। घरमा आफन्त र पाहुना आउने तयारी भइरहँदा सिरहाको लहान नगरपालिका–२० ब्रह्मानकी राजोवती थरुनीलाई भने चाडपर्वको

गाउँदेखि विद्यालयसम्म स्वच्छता अभियान, ‘शान स्टेशन’ले बढाउँदै व्यवहार परिवर्तन

# मिता खबर

  सिरहा । ‘घरघरको शान—स्वच्छता अभियान’ नारासहित सिरहामा सञ्चालन भइरहेको स्वच्छता तथा सरसफाइ अभियानलाई गाउँदेखि विद्यालयसम्म विस्तार गरिएको

↑